FAQs Complain Problems

वडा नं १६

पूर्वमा वडा नं. २०, पश्चिममा १९, उत्तरमा १९ र मादी गाउँपालिका दक्षिण वडा नं. २५, १८, १, ११ छिमेकी वडाहरू रहेका यस वडा प्राकृतिक हिसाबले पोखरा महानगर पालिककै महत्वपूर्ण वडा मध्यको एक हो ।  सहरलाई गहिराएर बिचबाट बगेको गण्डकी नदी, काली खोला, के आइ सिं पुल, मदन आश्रित पार्कहरू जसले पर्यटकको मन लोभ्याउने स्थलहरूको रूपमा परिचित छ । गुफानै गुफाको सहर  भनेर चिनिने पोखराका अधिकांस गुफाहरु यसै वार्ड मा अवस्थित छन् । 

गूफा प्राकृतिक स्रोतहरु

पोखरा लेखनाथ वडा नम्वर १६ गुफा प्राकृतिक स्रोतका लागि  पोखरामात्र होइन देशकै प्रख्यात वडा हो । गुफाहरु अध्यारोमा वस्न रुचाउने जीव जनावरहरुका लागि महत्वपुर्ण वासस्थान हुन भने हिन्दु र  बौद्ध संस्कृतिमा महत्वपुर्ण धार्मीक अभ्यास गर्ने स्थल पनि हुन । हाम्रो वडाकालागि गुफा पर्यटन महत्वपुर्ण  आर्थिक स्रोत पनि हो । हामीसँग भएका सवै गुफाहरुको  प्रबर्धन गरेर अझ बढी फाइदा लिई स्थानीय विकासमा टेवा दिन सकिन्छ । हाम्रो वडामा ४ ओटा गुफाहरु पाइएका छन । महेन्द्र गुफा र चमेरे गुफा वर्षैदेखी प्रयोगमा आएका छन भने कालीखोला पूर्वमा थप दुई गुफाहरु संरक्षण र प्रबर्धन पर्खाइमा छन ।
महेन्द्र गुफा नेपालकै पहिलो पर्यटकीय गुफा हो । सन १९५० मा तत्कालिन राजा महेन्द्र  वीरविक्रम शाहादेवले यस गुफाको भ्रमण गरी नेपालकै पहिलो पर्यटकीय गुफको लागि स्विकृती दिएपछि यस गुफालाई पोखराको अभिन्न पर्यटकीय स्थलको रुपमा विकास गरीएको हो । यस गुफाको भु वनोट अचम्मको चुनढुङ्गा (stalagacite) ले वनेको छ । यो भु–वनोट Pleistocene युगताका वनेको भौगर्भीक दावी रहेको छ । यसगुफाभित्र चुनढुङ्गा बग्दैजाँदा विभीन्न प्रकारका मनोरम आकृति बनेको देख्न पाइन्छ । यो गुफा भित्र नेपालमै संकटमा परेको चमेरा Andersen's Leafnosed Bat, Hipposideros pomona रेकर्ड गरीएको छ ।

चमेरे गुफा अर्को महत्वपुर्ण र आकर्षक गुफा हो । यो गुफा महेन्द्र गुफाको करिव ६०० मिटर पश्चिम रहेको छ । पर्यटकीय स्थलको रुपमा यो अलि पछिमात्र विकास गरीएतापनि, यस गुफा भित्र रहेका हजारौ संख्याका चमेराहरु र शाहसीक caving का कारण यो गुफा अझ आकर्षक छ । यो गुफामा नेपालकै मध्यपहाडी भेकमा प्रशस्तै पाइने चमेरा Himalayan Leaf Nosed Bat , Hipposideros arminger  रहेको छ । यो चमेराले रातीमा सक्रिय हुने वालीनालीका किरा फटयाङ्ग्राहरु खाएर यस क्षेत्रको कृषि वातावरणमा सहयोग पुरयाएको छ । पर्यटकहरु माझ  शाहसीक गुफायात्राका लागि यो पहिलो छनोट वन्ने गरेको देखीन्छ ।

महेन्द्र र चमेरे गुफाका अलवा  हाम्रो वडामा कालीखोलाको पूर्वीय  भू खण्ड साविकको अर्मला क्षेत्रमा दुई महत्वपुर्ण गुफाहरु पाइएका छन । सिप्लेकुना स्थित गुफा र कुर क्षेत्रमा स्थित गुफा उचित प्रचार प्रसार र सम्बर्धन पर्खाइमा छन । कुर क्षेत्रको गुफाको केही भाग अझै  रहस्यमय भएकाले थप सर्भे गर्न आवश्यक छ । यि गुफामा धोडनाले चमेराहरु Rhinolophus Bats वास वसेका छन । पर्यटकीय गुफाकै रुपमा अगाडि लैजाने या अन्य प्रयोजनका लागि जस्तो हिन्दु र बौद्द धर्ममा प्रचलीत योग अभ्यासका लागी यि गुफालाई अगाडि बढाएर गुफा थेरापीका लागी अगाडि बढाउन सकिने गुफा विज्ञहरुको सल्लाह रहेको छ ।

हाम्रो क्षेत्रमा रहेका यि गुफाहरुको आन्तरिक संजाल वनाई थप लाभ उठाउन वडा कटिबद्ध  छ । गुफा पर्यटनका सम्भावना र चुनौति दुवै छन । गुफा पर्यावरणको संरक्षण गर्दै दिगो लाभ उठाउने र गुफावाट उपलव्ध आम्दानीलाई वृहत्तर सामाजिक विकासमा प्रयोग गर्न सक्नुमा नै हाम्रो सफलता जोडिएको छ ।

 

अनुसन्धान कर्ता - डा. पुष्पराज आचार्य 

Biologist         

Nepal Acamedy Of Science & Technology (NAST)

पोखरा लेखनाथ महानगरपालिका वडा न. १६  मा अवस्थित अस्पताल / स्वास्थ चौकी

मातृशिशु अस्पताल बाटुलेचौर : फो.नं. ०६१४४०४३५ 

प्रथामिक स्वास्थ केन्द्र अर्मला  : फो.नं. ०६१-६९६६०३ / ९८४६०३५३४९

 

पोखरा लेखनाथ महानगरपालिका वडा न. १६ का बिद्यालयका विवरण

शान्ती मा,वी.

ज्ञान ज्योति मा.वी.

अन्नपुर्ण मा.वी

निर्मल प्रा.वि.

नारायणी प्रा.वी

हरिसिद्धि प्रा.वी

जनता प्रा.वी.

कुलदिप प्रा.वी.

झुप्रान्गकोट प्रा.वी.

सीता प्रा.वी.

ज्योति भवन प्रा.वी.

रिभरडेल

बिन्धवासिनी मा.वि.

इन्द्रराज्य मा.वि.

चण्डिका प्रा.वि.

दिब्य ज्योति प्रा. वि.

प्रगति बोर्डिंग स्कूल

अल्फा बोर्डिंग स्कूल 

सुर्योदय बोर्डिंग स्कूल

पोखरा एकेडेमी

गण्डकी बोर्डिंग स्कूल/ गण्डकी कलेज अफ साइन्स 

गोर्खा बोर्डिंग स्कूल

पस्चिमान्चल ईन्जीनीयरिङ अध्ययन संस्थान

 

पोखरा लेखनाथ महानगरपालिका वडा न. १६  मा  अवस्थित बैंक तथा वित्तीय संस्था

गरिमा विकास बैंक , फोन नं.०६१-४४१९९६

कामना बिकास बैंक, फोन नं.०६१-५३२८१५

एन आइ सि एसिया बैंक , फोन नं. ०६१-४४००७६

ओम बिकास बैंक , फोन नं.०६१-४४१३५५

कैलाश बिकास बैंक , फोन नं.०६१-४४११६६

 

आफ्नो टोल , समाज र समग्र वडाको चौतर्फी विकास होस् भन्ने हेतु ले वडा स्तरमा बिभिन्न आमा समूह , युवा समूह तथा टोल विकास संस्था को गठन गरिएको छ ।

घार्मीखोला आमा समूह घार्मीखोला आमा समूह

कुर आमा समूह

लक्ष्मी नारायण आमा समूह

एकता आमा समूह

नमुना आमा समूह

तुम्के आमा समूह

छापा गाउँ आमा समूह

चण्डी आमा समूह

जनजागृति आमा समूह

सिर्जन सिल आमा समूह

प्रगति आमा समूह

लाली गुराँस आमा समूह

नौधारे आमा समूह

जुम्लेटि शान्ति आमा समूह

देउराली आमा समूह

सर्वेशोर आमा समूह

कुलदिप नारी भलाई आमा समूह

सानो गर्लांङ्ग आमा समूह

गर्लांङ्ग आमा समूह

तमु धी आमा समूह

सक्रिय आमा समूह

तल्लो दीप आमा समूह

अमर दिप आमा समूह

डाडाथोक आमा समूह

गन्धर्ब आमा समूह

चण्डिका आमा समूह

बडहरबोट आमा समूह

अम्बिका आमा समूह

जाल्पा देवी सामुदायिक आमा समूह

मैदान आमा समूह

प्रगतिशील आमा समूह

संरछण आमा समूह

कोपिला आमा समूह

घाटीपाटन सामुदायिक आमा समूह

जनजागरण आमा समूह

पुरानो गेट आमा समूह

गोस्ते घात मिलिजुली आमा समूह

उन्नति आमा समूह

पोखरा लेखनाथ महानगरपालिका वडा न. १६ का सक्रिय युवा क्लबको विवरण

नव आदर्श सामुदायिक विकास समाज लामाचौर

हिमालय क्लब बाटुलेचौर

जय बुद्ध क्लब

सदाबहार युवा क्लब स समाज लामाचौर

बातावरण संरक्षण क्लब  बाटुलेचौर 

Population: 
24465
Ward Contact Number: 
061-440529
Weight: 
16