FAQs Complain Problems

वडा नं ७

उत्तर पश्चिममा नुवारथोक हुदै बुलौदी खोला देखि पूर्व दक्षिणमा घारीपाटन हुदै सेती नदि को किनार सम्म २ वर्ग किलोमीटर भन्दा बढी क्षेत्रफलमा फैलिएको पोखरा लेखनाथ महानगर पालिका वार्ड न. ७ बहु आयामिक बिशेषताले भरिपुर्ण वार्ड हो । पुरानो बस्ति देखि नया बस्ति सम्म , कृषि क्षेत्र देखि ब्यापारिक केन्द्र सम्मको स्थान ओगटेको अनि अधिकाश सरकारी कार्यालय देखि सुरक्षा निकाय सम्मका कार्यालय रहेको यस वार्ड आबासीय दृस्टी कोण ले उपयुक्त भौतिक बिकासको दृस्टीकोणले प्रशस्त सम्भावना बोकेको , प्राकृतिक दृिष्टकोणले हरेक ठाउँ मन मोहक । माछापुछ्रे लगायत सिंगो हिम्सृन्खला देखिने , फेवाताल को नजिक सेती नदि को किनार अनि धार्मिक सामाजिक दृस्टीकोण ले सहिस्नुता आपसी मेलमिलाप र भात्रित्वे अनुपम उदाहरण बनेको वार्डको रुपमा रहेको छ ।

यस वडा लाइ जम्मा १७ वटा टोल विकास संस्था हरु मा बिभाजन गरिएको छ । मासबार भनेर बढी चिनिने यस वडा मा रत्न चोक , रास्ट बैंक चोक , माछापुछ्रे टोल , घारीपाटन आदि क्षेत्र प्रमुख रहेका छन् । यस वार्ड को पूर्वमा एयरपोर्ट एबम सेती नदि डिल , पश्चिम मा वार्ड न ६ को बुलौदी खोला , उत्तरमा वार्ड न । ५ को जिरो कि .मि चोक र दÔिण मा वार्ड न . १७ को डेमसाइड क्षेत्र रहेको छ । भौतिक पुर्बधारको सुबिधाको हकमा यस वडामा बिजुली खाने पानी , टेलीफोन , यातायात को सुबिधा सम्पन्न भएको वडा मानिन्छ । यस वडामा घरेलु उधोग कार्यालय , मालपोत कार्यालय , पुनराबेदन अदालत , नापी कार्यालय आदि सरकारी कार्यालय रहेका छन् । वितिय कारोबार को मेरुदण्ड को रुप मा रहेको नेपाल रस्टिय बैंक यस वडा मा पर्दछ ।
भौगोलिक हिसाब ले यस वडा पत्थरीलो धरातल भएको भएता पनि बसोबास को लागि उत्तम मानिएको छ । यस वडा मा सम्पूर्ण जातजातिको बाहुल्यता रहेको देखिन्छ ।शिÔाको लागि श्री कृष्ण मा बि , स्टेप बाइ स्टेप मा बि , मदरल्याण्ड मा बि , सब लाइम मा बि आदि जस्ता बिद्यालय छन् ।
धार्मिक हिसाबले यस वडा मा विभिन्न धार्मिक मठ मन्दिर ( पुस्करेस्वोर शिव मन्दिर , दुर्गा मन्दिर , कृष्ण मन्दिर )आदि र चौतारा रहेका छन ।

माछापुछ्रे लगायत सिंगो हिम्सृन्खला देखिने , फेवाताल को नजिक सेती नदि को किनार अनि धार्मिक सामाजिक दृस्टीकोण ले सहिस्नुता आपसी मेलमिलाप र भात्रित्व अनुपम उदाहरण बनेको वार्डको रुपमा रहेको छ ।

Population: 
16139
Ward Contact Number: 
061-462534
Weight: 
7