सूचना
फिर्केखोलाको खोलाघर सफाइका सन्दर्भमा पोखरा महानगरपालिकाको अत्यन्त जरुरी सूचना तथा अनुरोध !
फिर्केखोलाको खोलाघर सफाइका सन्दर्भमा पोखरा महानगरपालिकाको
अत्यन्त जरुरी सूचना तथा अनुरोध !
१. पोखरा महानगरपालिका वडा नं १८ को अँधेरीकुनादेखि वडा नं २, ४, ५, ७, ८, १७ हुँदै वडा नं ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघर भित्र पर्ने स्थायी तथा अस्थायी गरी १६० संरचनाहरू हटाउने कार्य भएको र त्यस्ता संरचना हटाउने कार्यमा आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउनु हुने सबै महानगरवासीहरु प्रति पोखरा महानगरपालिका धन्यवाद ज्ञापन गर्दछ ।
२. खोलाघरमा परेका आंशिक रूपमा हटाइएका तर पूर्ण रूपमा हटाउन बाँकी संरचनाहरू आफै भत्काउन लिखित प्रतिबद्धता जनाएका सबै व्यक्ति÷संस्थाहरुले तोकेको समयमा नै आफै हटाई सहयोग गर्नुहुन महानगरपालिका सम्बद्ध सबैमा आव्हान गर्दछ ।
३. फिर्केखोलाको खोलाघर भित्रका संरचना हटाउँदा निस्केका भग्नावशेष सफाइ कार्यका लागि एक्साभेटर/जेसिबी सहितको प्राविधिक र महानगरीय प्रहरी बल परिचालन गरिएकोले महानगरपालिका विगतमा जस्तै महानगरवासीहरूबाट साथ र सहयोगको अपेक्षा गर्दछ ।
४. कतिपय व्यक्तिहरूले सोझै फिर्केखोलामा ढल बिर्सजन गरेको पाइएकोले १० दिन भित्र मापदण्ड बाहिरको जमिनमा सेफ्टी ट्याङ्की र सोफिट निर्माण गरी खोलामा भएको ढल बिसर्जन कार्य तुरुन्त बन्द गर्नु/गराउनुहुन महानगरपालिका अनुरोध गर्दछ । अन्यथा कानुन बमोजिम कारबाहीको प्रकृया अगाडि बढाइने ब्यहोरा समेत जानकारी गराइन्छ ।
५. नगरवासीहरूको हितलाई ध्यानमा राखी महानगरपालिकाले भवन तथा पूर्वाधार निर्माण मापदण्ड, २०८० तर्जुमा गरी फिर्केखोलाको मापदण्ड १० मिटरबाट घटाएर ६ मिटर कायम गरिएको ब्यहोरा सहर्ष जानकारी गराउँदै ६ मिटर मापदण्ड भित्र कुनै पनि संरचना निर्माण नगर्नु÷नगराउनुहुन यो सूचना प्रकाशन गरिएको छ ।
६. फिर्केखोलाको मापदण्ड भित्र निर्माण भएका संरचनाहरूको सन्दर्भ तथा फिर्केखोला कोरिडोर निर्माण परियोजना बारे अथासिघ्र जानकारी गराइनेछ ।
मिति २०८३।०२।२०
- पोखरा महानगरपालिका
