सूचना
सार्वजनिक सुनुवाई सम्बन्धी सूचना (मिति २०८३-०३-२९, समयः दिनको २ बजे, स्थानः पोखरा सभागृह)
पोखरा महानगरपालिकाबाट नगरवासीहरुमा प्रवाह हुने सेवा सुविधा विकास निर्माण लगायतका कार्यसम्पादनका सम्बन्धमा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ बमोजिम मिति २०८३/०३/२९ गते (सोमबार) दिनको २ बजे पोखरा सभागृहमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना
गरिएकोले सम्पूर्ण जनप्रतिनिधिहरु, कर्मचारीहरु, सेवाग्राहीहरु, सञ्चारकर्मी, बुद्धिजीवि, आमा समूह, टोल विकास संस्था, युवा क्लब, नागरिक समाजका अभियन्ताहरु लगायत सरोकारवाला सबैमा उपस्थितिको लागि महानगरपालिका हार्दिक अनुरोध गर्दछ।