FAQs Complain Problems

सूचना

पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले दावी विरोध पेश गर्ने सम्बन्धी सूचना !

पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले दावी विरोध पेश गर्ने सम्बन्धी सूचना !
सूचना प्रकाशित मिति २०८३/०४/०२
पोखरा महानगरपालिका वडा नं. ९ पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले महानगरपालिकामा पेश गरेका निवेदन र संलग्न कागजातहरु अध्ययन तथा छानविन गर्न गठित समितिबाट प्रतिवेदन प्राप्त भएको छ । उक्त प्रतिवेदनबाट सिफारिश भई आएको विवरणका सम्बन्धमा महानगरपालिकाबाट खटाईएको टोलीबाट सम्बन्धित टोल विकास संस्थाका पदाधिकारी र भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सहजीकरण समितिका पदाधिकारीहरुसँगको समन्वयमा स्थलगत रुपमा निरीक्षण गरी बसपार्क क्षेत्रमा तपसिल बमोजिम घरधुरी एकिन गरी नामावली प्रकाशन गरिएको छ । सूचनामा प्रकाशित नामावली उपर कुनै दावी विरोध भएमा सूचना प्रकाशित भएको मितिले एक हप्ताभित्र पोखरा महानगरपालिका प्रशासन महाशाखामा प्रमाण सहित निवेदन पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।
- पोखरा महानगरपालिका

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: